सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड,तोलाको कति पुग्यो ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो कारोबार दिन आइतबार २ हजार ४०० रुपैयाँले बढेको सुन आज प्रतितोलामा ५ हजार २०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार कायम भएको छ। अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० पुगेको थियो।
यस्तै, सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि आकासिएको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदीको मूल्य ६ हजार ७६५ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। आइतबार सोही परिमाणको चाँदी ६ हजार ४८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !