भारतको शरणमा रहेकी शेख हसिनाको अभिव्यक्तिप्रति बंगलादेश आक्रोशित

भारतको शरणमा रहेकी शेख हसिनाको अभिव्यक्तिप्रति बंगलादेश आक्रोशित
सुन्नुहोस्

काठमाडौं : बंगलादेशको विदेश मन्त्रालयले भारतमा शरण लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अभिव्यक्तिलाई 'सार्वजनिक रूपमा उत्तेजक'भन्दै कडा प्रतिक्रिया जनाएको छ।  मन्त्रालयले भारतले उनलाई यस्तो बयान दिन अनुमति दिइएकोमा 'आश्चर्य र निराश' व्यक्त  गरेको छ।

मन्त्रालयले उनको यस्तो अभिव्यक्ति बंगलादेशको 'लोकतन्त्र र सुरक्षाका लागि खतरा' भएको निष्कर्ष निकालेको छ। अवामी लिग शेख हसिनाको पार्टी हो जसलाई बंगलादेशमा हुने आम चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ।

बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,'बंगलादेशको अन्तरिम सरकारलाई अपदस्थ गर्ने र आगामी चुनावलाई बाधा पुर्‍याउने उद्देश्यले अवामी लिग समर्थकहरूलाई हिंसात्मक गतिविधिहरूमा उक्साउने यस्ता अभिव्यक्तिहरू आश्चर्यजनक छन्। मानवता विरुद्धको अपराधमा दोषी ठहरिएकी र फरार शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक रूपमा बोल्ने अवसर दिइनु बंगलादेश सरकारको लागि निराशाको विषय हो।'

गत शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित 'बंगलादेशमा लोकतन्त्र बचाउ ' शीर्षकको सेमिनारमा हसिनाको रेकर्ड गरिएको अडिएको भाषण बजाइएको थियो। त्यो कार्यक्रममाअवामी लिगले पाँच बुँदे मागअघि सारेको थियो। जसमा संयुक्त राष्ट्र संघलाई गत वर्षका घटनाहरूको 'निष्पक्ष अनुसन्धान' गर्न आमन्त्रित गरिनुपर्ने माग प्रमुख थियो।

हसिनाको यो अडियो सन्देश बजाइएको कार्यक्रम दक्षिण एसियाको विदेशी संवाददाता क्लबले आयोजना गरेको बीबीसीमा समाचार छ । बंगलादेशमा राष्ट्रिय चुनावअघि अवामी लिगका नेताहरूले दिल्लीमा दुईवटा पत्रकार सम्मेलन गरेका छन्।

बारम्बार अनुरोध गर्दा पनि भारतले हसिनालाई बंगलादेश फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ।  मन्त्रालयले यसलाई दुई देशबीचको सम्बन्धमा असहज परिस्थिति सिर्जना गर्ने कदमका रुपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'दुई देशहरू बीचको विद्यमान द्विपक्षीय सुपुर्दगी सन्धि अन्तर्गत बारम्बार अनुरोध गर्दा पनि भारतले शेख हसिनालाई बंगलादेशलाई सुम्पेको छैन,जसले गर्दा बंगलादेशमा आक्रोश फैलिएको छ।'

गत वर्ष नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको थियो।

दुवैजना हाल भारतमा बस्दै आएका छन्। शेख हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहराइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.