कोरिया जान पाउँ भन्दै माइतिघरमा युवाको प्रदर्शन

कोरिया जान पाउँ भन्दै माइतिघरमा युवाको प्रदर्शन

काठमाडौं : रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

null

भाषा तथा सीप परीक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताए।

null

प्रर्दशनमा सहभागीहरूले इपिएसको लुट धन्दा बन्द गर,कृषि तथा पानीजहाजको रोष्टर अवधी थप गर,पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस,दुई वर्ष म्याद थप गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.