झापामा कमान्ड सम्हालेकी एसपी बसुन्धरा भन्छिन्– निष्पक्ष र भयरहित वातावरण निर्वाचन सम्पन्न गराउँछु

झापामा कमान्ड सम्हालेकी एसपी बसुन्धरा भन्छिन्– निष्पक्ष र भयरहित वातावरण निर्वाचन सम्पन्न गराउँछु
सुन्नुहोस्

झापा : भर्खरै जिल्ला प्रहरी कार्यालय झापामा सरुवा भएर आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित वातावरण सम्पन्न गराउनलाई नै संगठनले आफूलाई जिम्मेवारी दिएर पठाएको बताएकी छिन्। 

झापा जिल्लामै पहिलो महिला कमान्डर (एसपी)को जिम्मेवारी पाएकी खड्काले माघ ९ गते कमान्ड सम्हालेकी थिइन्। आज जिल्लाका सञ्चारकर्मीहरूसँग गरेको संक्षिप्त परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै एसपी खड्काले भनिन्, ‘मेरो पोस्टिङको करिब डेढ महिना जिल्लामा चुनावी माहौल नै रहने छ। जहाँ चुनौती र अवसर दुवै छ। मेरो क्षमताले भ्याउन्जेलसम्म निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा चुनाव गराउने छु।’

यस पटक झापाको चुनावी माहौल चुनौती पूर्ण देखिएको भए पनि शान्तिपूर्ण रुपमा सम्पन्न गराउने उनको भनाइ छ। ‘चुनौती मैले एक्लैले फेस गर्नु पर्दैन। मसँग अहिले नै ११ सयको हाराहारीमा प्रहरी कर्मचारी छन्। संगठनले थप मद्दत पनि पठाउँछ। जिल्लामा एकीकृत सुरक्षा योजना बनेकोले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा म विश्वस्त छु,’ एसपी खड्काले भनिन्।  

सरकारलाई डर भएको भन्दै चुनावको मुखमै एसपी राजन लिम्बुको सरुवा भएको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा आउँदा टीकाटिप्पणी गरेका थिए। सोही विषयमा एसपी खड्का समक्ष पत्रकारले राखेको जिज्ञासामा उनले भनिन्, ‘संगठनको नियम अनुसार नै मेरो नियमित भएको सरुवा हो। म आउनुभन्दा अघिका एसपीको सरुवा पनि नियमित प्रक्रियाबाटै भएको हो। मेरो सरुवालाई लिएर कुनै शंकाउपशंका गरिरहनु पर्दैन। संगठनले कहीँ कतै एउटा अफिसर खटाउँछ भने उसको कार्यक्षमता, दक्षता, सामर्थ्य, खुबी, प्रतिभा लगायतको आधारलाई मूल्यांकन गरी पठाएको हुन्छ। चुनावी माहौलका कारण झापा जिल्लाको अवस्थामा संवेदनशील मानिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबमै चर्चामा छ।  यस्तो अवस्थामा झापामा एउटा कमान्ड पठाउँदा यतिकै मुल्यांकन नगरी संगठनले पठाउँछ होला त ? झापासहित यो तेस्रो कमान्ड जिल्ला हो। ‘अन्य जिल्लाहरूमा चुनाव गराएको अनुभव छ,’ उनले भनिन्, ‘एउटा अफिसरलाई लगाएको, अराएको जिम्मा कुशलतापूर्वक निर्वाह गर्ने क्षमता राख्छु।’ 

कहिले काहीँ काम गर्दै जाँदा जानअञ्जानमा गल्ती हुन सक्ने उनको भनाइ छ। ‘प्रहरी पनि समाजको एउटा अंग हो। हामी कोही पनि अर्को ग्रहबाट आएको होइन। त्यसका कारण हामी बर्दी लगाएको नागरिक हो भने तपाईंहरू बिना बर्दीका नागरिक हुनुहुन्छ। ‘दुवैको साथ, सहयोगमा सुरक्षित समाज र सुरक्षित समुदाय निर्माण गर्न सक्छौँ,’ उनले थपिन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.