जापानको सहयोगमा चन्द्र नहर सिँचाइ प्रणाली पुनःस्थापना

जापानको सहयोगमा चन्द्र नहर सिँचाइ प्रणाली पुनःस्थापना
सुन्नुहोस्

काठमाडौं : चन्द्र नहर सिँचाइ प्रणाली पुनःस्थापना कार्य सम्पन्न भएको छ। जापान सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको पुनःस्थापना कार्य सम्पन्न भएको हो। मंगलबार एक कार्यक्रम आयोजना गरी परियोजना हस्तान्तरण गरिएको थियो। 

सन् १९२७ मा निर्माण गरिएको चन्द्र नहर सिँचाइ प्रणाली नेपालकै पुराना सिँचाइ प्रणालीमध्ये एक हो। लामो समयदेखि मर्मतसम्भार अभावका कारण मुख्य नहरका संरचनाहरू जीर्ण बन्दै गएका थिए। प्रणालीको पानी प्रवाह क्षमता करिब ८० प्रतिशतमा सीमित थियो। भत्किने जोखिम हुँदा स्थिर सिँचाइ र आपूर्तिमा चुनौती देखिएको थियो।

यस परियोजनाअन्तर्गत मुख्य नहरभित्र रहेका ३२ वटा संरचनाको पुनःस्थापना गरिएको हो। परियोजना सन् २०२२ सेप्टेम्बरमा नेपाल सरकार र जापान सरकारबीच भएको नोट्स आदान-प्रदानपछि सुरु गरिएको थियो। यसका लागि जापान सरकारले २ अर्ब ३० करोड येन बराबरको अनुदान उपलब्ध गराएको छ।

null

कार्यक्रममा नेपालका लागि जापान दूतावासका उपमिशन प्रमुख यासुहारु शिन्तोले परियोजनामा संलग्न सबै पक्षको प्रशंसा गरेका थिए। उनले पुनःस्थापनापछि सिँचाइ पानीको आपूर्ति अझ प्रभावकारी भई यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका थिए।

सुधारिएको सिँचाइ प्रणालीले किसान तथा स्थानीय बासिन्दाको जीवनस्तर उकास्दै दीगो सामुदायिक विकासको आधार तयार गर्ने अपेक्षा व्यक्त गरे। उनले किसानसहित सबै सरोकारवालालाई शताब्दी पुरानो यस सिँचाइ प्रणालीको उचित संरक्षण र मर्मतमा निरन्तर ध्यान दिन आग्रहसमेत गरे।

जापानबाट नेपालमा प्रदान हुँदै आएको कृषि सहयोग र सिँचाइ प्रविधि सहयोग सबैभन्दा लामो समयदेखि निरन्तर चल्दै आएको आर्थिक सहकार्य मानिन्छ। यस्तो ऐतिहासिक वर्षमै उक्त कृषि सिँचाइ परियोजना सम्पन्न हुनु खुशीको विषय भएको जापान दूतावासले जनाएको छ। दूतावासले यो सहयोगले क्षेत्रको दीगो विकासमा योगदान पुर्‍याउने र नेपाल-जापान जनताबीचको मित्रता अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.