निर्वाचनका लागि भारत सरकारले दियो नेपाललाई २२० वटा गाडी

निर्वाचनका लागि भारत सरकारले दियो नेपाललाई २२० वटा गाडी
सुन्नुहोस्

काठमाडौं : भारत सरकारले नेपाललाई २ सय २० वटा सवारी साधनहरू प्रदान गरेको छ । निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो ।

बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा.राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए। अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारी साधन सहयोग गरेको जानकारी दिए । भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारी साधानमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए।

null

यसपछि बाँकी रहेका सवारी साधनका साथै प्रहरीलाई आवश्यक अन्य सामग्रीहरू समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहि दिनअघि भारतले ६० भन्दा बढी सवारी साधन नेपाललाई हस्तान्तरण गरेको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.