पूर्वमन्त्री श्रेष्ठले भेटे परवानीपुर घटनाका घाइते

पूर्वमन्त्री श्रेष्ठले भेटे परवानीपुर घटनाका घाइते
सुन्नुहोस्

सिमरा : पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले बाराको परवानीपुरमा भएको चक्कु प्रहार घटनाका घाइतेसँग भेट गरेका छन्। गण्डकस्थित एलएस न्यूरो अस्पताल पुगेर श्रेष्ठले घाइतेसँग भेट गर्दै स्वास्थ्य अवस्था बुझेका हुन्।

सो क्रममा पूर्वमन्त्री श्रेष्ठले घाइतेको उपचारमा कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन्। अस्पतालको आर्थिक प्रशासन शाखाका दिपु राउतसँग भेट गर्दै नेता श्रेष्ठले उपचारमा कमी हुन नदिन आग्रह गरेका हुन्।

नेता श्रेष्ठसँगको भेटमा घाइते र परिवारले उपचारका लागि आर्थिक समस्या भएको बताएका थिए। भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता श्रेष्ठले आर्थिक कारणले घाइतेको उपचार नरोक्न अस्पताललाई आग्रह गरेको बताए।

परवानीपुर गाउँपालिका-१ रहरियाडीमा बुधबार बिहान आमाछोराको विभत्सरुपमा हत्या गरिएको थियो भने घटनामा बुबा छोरी घाइते भएका थिए। घटनामा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको ज्यान गएको थियो। उक्त घटनामा सुमित्राका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीय छोरी रिनाकुमारी घाइते भएका थिए।

घटनामा रामेश्वरको पत्नी मनितादेवी र उनको प्रेमी धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ । वैदेशिक रोजगारीका लागि दुबईमा रहेका धर्मेन्द्रले नेपाल आएर प्रेमीका मनिताको पति र सासुको चक्कुले रेटेर हत्या गरेका हुन् । धर्मेन्द्रलाई मनिताले सहयोग गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.