प्रतिनिधि सभा निर्वाचन - २०८२

२३ मतदान केन्द्रमा १ सय कम, ७ स्थलमा १० हजार धेरै मतदाता

२३ मतदान केन्द्रमा १ सय कम, ७ स्थलमा १० हजार धेरै मतदाता

गोरखा : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ स्थित समर आधारभूत विद्यालय केन्द्रमा ३६ जना मात्रै मतदाता रहेका छन्। फागुन २१ गते निर्धारित चुनावमा सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र यही हो। 

समर आधारभूत विद्यालय मतदानकेन्द्र मुस्ताङ सदरमुकाम जोमसोमबाट ४५ किलोमिटर टाढा छ। जहाँ ३६ जना मतदाताका लागि मतदानकेन्द्र निर्धारण गरिएको छ। यो मतदान केन्द्रबाट ०७९ को निर्वाचनमा पनि देशभरमै सबैभन्दा कम ३४ जनाले मतदान गरेका थिए। यहाँका मतदाताले बिहान ९ नबज्दै मतदान गरिसक्छन्। null

निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै मतदाता मोरङको विराटनगर महानगरपालिका ६ स्थित शिक्षासदन मावि मतदानकेन्द्र रहेको छ। यहाँ १२ हजार ८ सय ११ मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। मतदाताको चापका कारण यहाँको एउटै मतदानस्थलमा १३ वटा मतदानकेन्द्र तोकिएका छन्। 

फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मताधिकार प्रयोग गर्दैछन्। आयोगका अनुसार ९६ लाख ६३ हजार ३५८ जना पुरुष, ९२ लाख ४० हजार १ सय ३१ जना महिला र २ सय अन्य मतदाता छन्। त्यसका लागि आयोगले १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरेको छ।

कुल मतदातामध्ये सबैभन्दा धेरै मोरङमा ७ लाख ८३ हजार ५० मतदाताले मतदान गर्दैछन् भने सबैभन्दा कम मनाङका ७ हजार मतदाताले मतदान गर्ने आयोगको तथ्यांकमा उल्लेख छ। सबैभन्दा धेरै मतदाता पूर्वीक्षेत्र (कोशी प्रदेशका) जिल्लाहरूमा छन्। सबैभन्दा धेरै मतदाता रहेका मतदानस्थल पनि पूर्वी नेपालका जिल्ला हुन्। मोरङ, सुनसरी, झापाका एकै मतदानस्थलहरूमा १२ हजारभन्दा धेरै मतदाता रहेका छन्।

उच्च पहाडी र हिमाली जिल्लामा थोरै मतदाता 
सबैभन्दा कम मतदाता भने गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा छन्। मुस्ताङ र मनाङ थोरै मतदाता रहेका जिल्ला हुन्। त्यस्तै कर्णाली प्रदेशको डोल्पा, हुम्लामा पनि थोरै मतदाता छन्। ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको चुमनुब्रीलगायतका गाउँपालिकाका कतिपय एउटा मतदानस्थलमा १ सयभन्दा पनि कम मतदाताहरू छन्।

त्यस्तै, दोस्रो सबैभन्दा कम मतदाता पनि मुस्ताङकै बारागुङ मुक्तिक्षेत्र गाउँपालिका हो। यहाँको वडा नं. ५ स्थित हिमाली आधारभूत विद्यालय साङ्ता दोस्रो कम मतदाता रहेको मतदानकेन्द्रमा पर्दछ। यहाँ जम्मा ३९ जना मतदाता रहेका छन्। अघिल्लो चुनावमा ३५ जना मतदाता थिथए। यसपटक ४ जना थपिएर ३९ जना मतदाता पुगेका छन्। 

त्यस्तै सोही गाउँपालिका १ को लुप्रा आधारभूत विद्यालय मतदानकेन्द्रमा ६५ जना मतदाता छन्। अघिल्लो चुनावमा ६२ जना रहेकोमा यसपटक तीनजना मतदाता बढेका हुन्। थासाङ २ को सौरु आधारभूत विद्यालय मतदानकेन्द्रमा पनि अघिल्लो चुनावमा ६० मतदाता रहेकोमा हाल बढेर ६५ जना मतदाता पुगेका छन्। 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ को अरनिको आधारभूत मतदानकेन्द्रमा ६६ जनाले, लोघेकर दामोदरकुण्ड ४ कोढी आधारभूत विद्यालय मतदानकेन्द्रमा ७० जनाले, यारा आधारभूत विद्यालय मतदानकेन्द्रमा ७३ जनाले घारा आधारभूत विद्यालय मतदानकेन्द्रमा ७४ जनाले मतदान गर्दैछन्। त्यस्तै सोही गाउँपालिका ५ को ध्ये शालिग्राम युवा क्लबको भवन मतदानकेन्द्रमा ८८ जना, शालिग्राम आधारभूत विद्यालय मतदानकेन्द्रमा ९८ जना र घरपझोङ १ को छैरो आधारभूत विद्यालय मतदानकेन्द्रमा ८१ जनाले मतदान गर्दैछन्।

  • मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ स्थित समर आधारभूत विद्यालय केन्द्रमा ३६ जना मात्रै मतदाता रहेका छन्।
  •     मोरङको विराटनगर–६ स्थित शिक्षासदन मावि मतदानकेन्द्रमा १२ हजार ८ सय ११ मतदाता
  •     सबैभन्दा कम मतदाता गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा 
  •     सबैभन्दा धेरै मोरङमा ७ लाख ८३ हजार ५० मतदाता, सबैभन्दा कम मनाङमा ७ हजार मतदाता
  •     पूर्वी जिल्लामध्ये मोरङ देशकै सबैभन्दा धेरै मतदाता रहेको जिल्ला हो। 

डोल्पाको से–फोक्सुन्डो गाउँपालिका वडा नं. ६ को फोतगाउँस्थित वडा कार्यालय मतदानकेन्द्रमा पनि ४० जनामात्र मतदाता छन्। अघिल्लो चुनावमा यहाँ ३४ जना मात्र मतदाता थिए। डोल्पोबुद्ध गाउँपालिका २ को वडा कार्यालय मतदानकेन्द्रमा ६४ जना, छार्काताङसोङ २ को आधारभूत स्वास्थ्यकेन्द्र पुङ्गाबगर मतदानकेन्द्रमा ८३ जना र शेफोक्सुन्डो ७ को टासीसुम्दो आधारभूत विद्यालय मतदानकेन्द्रमा ९६ जना मात्र मतदाताले मतदान गर्दैछन्। २०७९ सालको निर्वाचनमा यहाँबाट जम्मा ७९ जनाले मतदान गरेका थिए।

देशकै सबैभन्दा कम मतदाता रहेको जिल्लामा पर्ने मनाङका चार मतदानकेन्द्रमा पनि सयभन्दा कम मतदाताहरू छन्। नार्पाभूमि ५ को वडा कार्यालय मतदानकेन्द्रमा जम्मा ७८ जना मतदाताले यो चुनावमा मतदान गर्नेछन्। वडा नं. ४ को फू आधारभूत विद्यालय मतदानकेन्द्रमा ८८ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सदरमुकाम रहेको चामे गाउँपालिका ५ को वडा कार्यालय मतदानकेन्द्रमा पनि १०० भन्दा कम मतदाता रहेको छ। यहाँ जम्मा ९८ जना मतदाता छन्। सदरमुकाम रहेकै चामे गाउँपालिका वडा नं. १ को कार्यालय भवन मतदानकेन्द्रमा ९९ जनाले 
मतदान गर्दैछन्।
अर्को जिल्ला कर्णालीको हुम्लाको ताँजाकोट वडा नंं. ३ मा पनि देशकै थोरै मतदाता छन्। यहाँको बानादेव आधारभूत विद्यालय मतदानकेन्द्रमा पनि जम्मा ५४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। 

पूर्वीनेपालको पहाडी जिल्ला ताप्लेजुङको एक गाउँपालिकामा पनि १ सयभन्दा कम मतदाता छन्। ओलाङचुङगोला फक्ताङलुङ ७ को याङ्मा आधारभूत विद्यालय मतदानकेन्द्रमा जम्मा ६२ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। अघिल्लो निर्वाचनमा यहाँ जम्मा ६१ जना मतदाता थिए। यसवर्ष जम्मा एकजना मतदाता बढेका छन्। त्यस्तै वडा नं. ६ को ग्याब्ला आधारभूत विद्यालय मतदानकेन्द्रमा पनि जम्मा ६९ जना मात्र मतदाता छन्। 

अघिल्लो निर्वाचन २०७९ मा यहाँ ६७ जनामात्र मतदाता रहेकामा अहिले दुईजना मतदाता संख्या बढेर यसपटक ६९ जना मतदाता पुगेको निर्वाचन आयोगले जनाएको छ।

हिमाली भेगमा पर्ने गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न मतदानकेन्द्रहरू पनि कम मतदाता भएको सूचीमा छन्। सो गाउँपालिकाभरिमा जम्मा ५ हजार २ सय ४४ जना मतदाता मात्र छन्। सो पालिकाको वडा नं. ४ को नाम्रुङ स्वास्थ्यचौकी जिल्लाकै सबैभन्दा कम मतदाता भएको मतदानकेन्द्र हाये। सो केन्द्रबाट यो चुनावमा जम्मा ८७ जनाले भोट हाल्दैछन्। यहाँबाट २०७९ को निर्वाचनमा पनि जम्मा ८३ जनाले मतदान गरेका थिए। वडा नं. १ को साम्दो आधारभूत विद्यालय केन्द्रमा पनि जम्मा १ सय १ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

त्यस्तै वडा नं. ३ को बुद्धहिमाली आधारभूत विद्यालय मतदानकेन्द्र न्याकमा १३७, सिदुङ आधारभूत विद्यालय मतदानकेन्द्रमा १ सय ४५, फिलिम आधारभूत विद्यालय मतदानकेन्द्र पातीमा १ सय ९८ जना मतदाता छन्। वडा नं. ४ को क्वाक आधारभूत विद्यालय मतदानकेन्द्रमा १ सयजना, हिमचुली आधारभूत विद्यालय मतदानकेन्द्र छाकमा १ सय ११ जना र प्रोक आधारभूत विद्यालय मतदानकेन्द्रमा १ सय ८७ जना, वडा नं. ५ को क्राक आधारभूत विद्यालय मतदानकेन्द्रमा १ सय ६१ जना मात्र मतदाता छन्।

चुमनुब्री ६ को खार आधारभूत सामुदायिक स्वास्थ्यकेन्द्र मतदानकेन्द्रमा १ सय १६ जना, सिद्धगणेश आधारभूत विद्यालय मतदानकेन्द्र १ सय ७६ जना, सिप्चेत आधारभूत विद्यालय मतदानकेन्द्रमा १ सय ५८ जना र चुम्लिङ आधारभूत विद्यालय मतदानकेन्द्रमा १ सय ७५ जना मात्र मतदाता छन्।
धार्चे गाउँपालिका ३ को दुङ्ला आधारभूत विद्यालय मतदानकेन्द्रमा १ सय ९४ जना र वडा नं. ७ को गोरखनाथ आधारभूत विद्यालय खानीगाउँमा १ सय ७३ जनाले मात्र यसपटक मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ।

दोलखाको गौरीशंकर गाउँपालिका ९ स्थित बेदिङ प्रावि मतदानकेन्द्र रोल्वालिङमा पनि १ सय १३ जनाले मात्र मतदान गर्ने भएका छन्। यसअघिको निर्वाचनमा यहाँ ९७ मतदाता रहेका थिए।
पूर्वीनेपालका जिल्लाहरू भने सबैभन्दा धेरै मतदाता रहेका जिल्लामा पर्छन्। साथै यहाँका मतदानस्थल पनि धेरै मतदाता रहेकामा पर्छन्।

धेरै मतदाता पूर्वमा 

पूर्वी जिल्लाहरूमध्ये पनि मोरङ देशकै सबैभन्दा धेरै मतदाता रहेको जिल्ला हो। यहाँको शिक्षा सदन मावि मतदान स्थल देशकै धेरै मतदाता रहेको मतदानस्थल हो। १२ हजार ८ सय ११ मतदाता रहेको यहाँ मतदानकेन्द्र पनि सबैभन्दा धेरै नै छन्। निर्वाचन कार्यालयका अनुसार यहाँ एकै स्थलमा १३ मतदान केन्द्र रहेका छन्। 

दोस्रो धेरै मतदाता पनि विराटनगर महानगरपालिका–४ नै हो। यहाँस्थित श्री आधारभूत विद्यालय स्थलमा १२ हजार ६ सय ३० छन्। धेरै मतदाता रहेकाले यहाँ १२ वटा मतदानकेन्द्र तोकिएका छन्। 

त्यस्तै तेस्रो धेरै मतदाता रहेको मतदानस्थल सुनसरीको इटहरी उपमहानगरपालिकामा पर्दछ। वडा नं. ५ स्थित जनता बहुमुखी क्याम्पस मतदानस्थलमा १२ हजार २ सय ७६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। यहाँका मतदाताका लागि निर्वाचन कार्यालयले एकै ठाउँमा १२ वटा मतदानकेन्द्र निर्धारण गरेको छ।

दाङको घोराही उपमहानगरपालिका १५ स्थित पद्मोदय नमुना मावि मतदानस्थल पनि धेरै मतदाता रहेको मतदानस्थल हो। यहाँ १० हजारभन्दा धेरै मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ १० हजार ९ सय ६९ जना मतदाता रहेका छन्। सो माविमा ११ मतदानकेन्द्र रहेको कार्यालयले जनाएको छ।

विराटनगर महानगरपालिकाकै वडा नं. १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस चौथो धेरै मतदाता भएको मतदानस्थल अन्तर्गत पर्दछ। यहाँ १० हजार ६ सय १७ मतदाता रहेका छन्। यहाँ निर्वाचन कार्यालयले १० वटा मतदानकेन्द्र निर्धारण गरेको छ। पाँचौं धेरै मतदाता सुनसरीको धरान महानगरपालिका ४ स्थित एक मतदानस्थलमा रहेका छन्। यहाँको कचना महादेव मावि मतदानस्थलमा १० हजार ३ सय ३५ जना मतदाता छन्। उनीहरूका लागि जिल्ला निर्वाचन कार्यालयले १० वटा मतदानकेन्द्र निर्धारण गरेको छ। 

त्यस्तै धेरै मतदाता रहेका अर्को मतदातास्थल झापा २ को बिर्तामोड नगरपालिका ५ मा रहेको छ। यहाँको देवी माध्यमिक विद्यालय मतदानस्थलमा १० हजार २ सय १७ मतदाता रहेका छन्। निर्वाचन कार्यालयले उनीहरूका लागि १० वटा मतदानकेन्द्र निर्धारण गरेको छ। 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, झापा १ को बुद्ध शान्ति गाउँपालिका ४ को मतदानस्थलमा पनि ९ हजार ४ सय ७१ मतदाता छन्। यस्तै, रुपन्देही बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पस मतदानस्थल ९ हजार ९ सय ७० मतदाता छन्। जहाँ, मतदान केन्द्र १० वटा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.