नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सकियो

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सकियो
सुन्नुहोस्

पोखरा : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ‘ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने नाराका साथ आयोजना गरेको तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ होटल ग्राण्ड पोखरामा सकिएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरूसहित देशभरका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरु गरी २७० कर्मचारीहरुको सहभागिता थियो । कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

उद्घाटनका क्रममा अध्यक्ष सिंहले बीमा व्यवसाय निरन्तर रुपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इण्टेलीजेन्ससम्बन्धी यस विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने बताइन् । उनले, कार्यसम्पादन मूल्यांकनका आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ मा उत्कृष्ट ठहरिएका सात कर्मचारीहरु रोहितकुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौला, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मान पत्रसहित सम्मान गरेकी थिइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले स्वागत मन्तव्यको क्रममा, दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कर्मचारीहरुलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मद्दत पुग्ने गरी एआई तालिमको व्यवस्था गरिएको बताए । उनले कर्मचारीहरुलाई बीमा व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने सम्पति शुद्धिकरणसम्बन्धी तालिमको पनि व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इण्टेलिजेन्सका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै एआईसम्वन्धी प्रशिक्षण दिएका थिए । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पति शुद्धिकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताए । विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकाले उनीहरुको वित्तीय क्रियाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कार्य रोक्न टेवा मिल्ने विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कर्मचारीहरुको मानसिक तथा शारीरिक स्वास्थ्य अभिवृद्धि गर्ने उद्देश्यले आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेबाट योगा प्रशिक्षण पनि प्रदान गरिएको थियो । सहभागी कर्मचारीहरूको पेशागत ज्ञान अभिवृद्धिका लागि सञ्चालन गरिएको परीक्षामा उत्कृष्ट नतिजासहित प्रथम, द्वित्तीय र तृत्तीय हुन सफल क्रमशः केन्द्रिय कार्यालयका सुरक्षा सिंह, बेजोन कार्की र कीर्तिपुर शाखाका सिद्धार्थ महर्जनलाई प्रमुख कार्यकारी अधिकृतले नगद प्रोत्साहनसहित सम्मान गरेका थिए ।

यसै गरी प्रदेशस्तरीय फुटसल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुने क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रिय कार्यालयबाट विजयी हुने खेलाडीहरुलाई पनि पुरस्कृत एवं सम्मान गरेका थिए । विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश गरिएको कार्यक्रममा कम्पनीका उपकार्यकारी प्रमुख स्मृतिराज कँडेलले धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी कर्मचारीहरूको सीप, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.