झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा इलामका दुई युवाको मृत्यु

झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा इलामका दुई युवाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जना घाइतेलाई उपचारका लागि दमक अस्पताल पठाइएकोमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। यता टिपर चालक उदयपुर  त्रियुगा–९ रातमाटे निवासी ३२ वर्षीय हिबराज राय, टिपर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.