झापा–५ मा बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड

झापा–५ मा बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड

झापा : झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय रहेको घरमा गए राति तोडफोड भएको छ । कमल गाउँपालिका–२ निवासी जयकुमार अधिकारीको दुई तले पक्की घरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार माथिल्लो तलाको पूर्वतर्फ रास्वपाको सम्पर्क कार्यालय रहेको र दक्षिणतर्फ सो घरका मानिसहरू बसोबास गर्दै आएको कोठामा अपरिचित मानिसले ढुङ्गाले हानेर झ्यालको सीसा फुटाई दिएका छन् । ढुङ्गा प्रहारबाट एउटा झ्यालको सीसा फुटेको छ । रास्वपाको कार्यालयभित्र कुनै पनि भौतिक क्षति नभएको उनको भनाई छ । ढुङ्गा प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।

आज बिहान ९ बजे प्रहरी चौकी तोपगाछीबाट प्रहरी सहायक निरीक्षक धनकुमार राईको टोली घटनास्थल पुगेका थिए । यो कार्यालय भएको घर कमल गाउँपालिका झापा–५ मा पर्छ । यो क्षेत्रबाट यस पटक काठमाडौँ महानगरपालिका पूर्व मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बनेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.