निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छ : प्रधानमन्त्री कार्की

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छ : प्रधानमन्त्री कार्की
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमा एकैपटक हुने बताएकी छन्। भक्तपुरस्थित जनक शिक्षामा मत छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले दुई चरणमा चुनाव नहुने स्पष्ट पारिन्।

'निश्चिन्त मान्नुस्। चुनाव एकैदिन हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन। तोकिएकै मितिमा चुनाव हुन्छ,' प्रधानमन्त्री कार्कीले भनिन्।

उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको दिन मौसम पनि राम्रो हुने दाबी गरिन्। 'मैले जे-जे गर्दै गइरहेको छु, सबै राम्रो हुँदै गएको छ। त्यस दिन निर्वाचन पनि हुन्छ। मतदान पनि हुन्छ। मतपरिणाम पनि आउँछ। त्यसपछि म हस्तान्तरण गरेर आफ्नो घरतिर जान्छु,' उनले भनिन्।

प्रधानमन्त्री कार्कीले मत छपाइको काम उत्साहजनक रूपमा भइरहेको बताइन्। उनले मत छपाईको काम देखेर अब चुनावमा मत हाल्नमात्र बाँकी रहेको महसुस गरेको बताइन्। 

यसअघि नवलपरासीमा प्रधानमन्त्री कार्कीले चुनाव दुई चरणमा हुनसक्ने बताएकी थिइन्। प्रमुख राजनीतिक दलका नेताहरूले दुई चरणमा हुने निर्वाचन स्वीकार नहुने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.