विनियोजन विधेयकसम्बन्धी प्रतिनिधिसभाको सन्देश राष्ट्रियसभामा टेबुल
काठमाडौं : ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा बैठकमा टेबुल गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कंडेलले बिनियोजन विधेयक २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।
त्यस्तै बैठकले प्रतिनिधिसभा पूर्व सदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १५ गते बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस !