टी-२० विश्वकप : चार टेस्ट राष्ट्र रहेको 'समूह बी'मा हुनसक्छ रोमाञ्चक प्रतिस्पर्धा
काठमाडौं : आइसीसी टी-२० विश्वकप २०२६ मा २० वटा राष्ट्रहरूले सहभागिता जनाउँदैछन्। जसमा हरेक ५ टोलीलाई एउटा समूहमा विभाजन गरिएको छ। समूह बी मा २ वटा विश्वकप विजेता रहेका छन्। यो टिममा सबैभन्दा धेरै टेष्ट राष्ट्र परेका छन्। ४ टेष्ट राष्ट्र र एक एशोसियट राष्ट्रबीच सुपर ८ का लागि प्रतिस्पर्धा हुनेछ। यो समूहमा अष्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड र जिम्बावे गरी ४ वटा टेष्ट मान्यता प्राप्त राष्ट्र छन्। यो टोलीमा १ एशोसियट राष्ट्रको रूपमा ओमान रहेको छ।
यो टिममा सुपर ८ का लागि कडा प्रतिस्पर्धा हुनेछ। विशेष गरी टेष्ट राष्ट्रहरू आफ्नो प्रतिष्ठाको लडाइँ लड्नेछन्। चारै टिमलाई आफ्नो साख जोगाउने लडाइकाबीच १ मात्र एशोसियटको रूपमा रहेको ओमानले मौकाको फाइदा उठाउन सक्छ।
अष्ट्रेलिया
एकदिवसीय वरीयता : तेस्रो
टी-२० अन्तर्राष्ट्रिय : दोस्रो
प्लेर्यस टु वाच
ट्राभिस हेड
अष्ट्रेलियन टिमका आक्रमक ब्याटर हुन् ट्राविस हेड। पछिल्ला विश्वकप तथा महत्वपूर्ण खेलहरूमा उनले गर्ने ब्याटिङ प्रदर्शनका कारण उनको नाम चर्चामा आइरहेको हुन्छ। ट्राभिसको आक्रमक ब्याटिङ नै उनको पहिचान हो। टी-२० अन्तर्राष्ट्रियमा उनले ४७ इनिङ खेल्दै १ हजार २२४ रन बनाएका छन्।
मिचेल मार्स
अष्ट्रेलियन टिमका ब्याटिङ अलराउन्डर तथा कप्तान मिचेल मार्च अष्ट्रेलियन टिमका प्लेयर टु वाच हुन्। उनको नाममा टी-२० अन्तर्राष्ट्रियमा बनेका केही रेकर्डहरू चर्चामा छन्। उनले अष्ट्रेलियन टिमका लागि महत्त्वपूर्ण क्षणमा रन बनाउने तथा उनी एक उत्कृष्ट फिल्डरको रूपमा पनि परिचित छन्। उनले विश्वका उत्कृष्ट लिगहरू पनि खेलेका छन् बिग ब्यास लिग आइपीएलजस्ता लिगहरू खेलेको अनुभव उनीसँग छ। टी-२० अन्तर्राष्ट्रियमा ८३ मध्ये ७८ खेल खेल्दै २हजार १०२ रन बनाएका छन्। मार्सले कप्तानको रूपमा एक महत्वपूर्ण रेकर्ड बनाएका छन्। उनले २०२५ अक्टोबरमा न्युजिल्यान्डसँग १०३ रनको अविजित पारी खेलेका थिए।
एडम जाम्पा
एडम जाम्पा अष्ट्रेलियन क्रिकेटमा एक सुवर्ण नाम हो। ३३ वर्षीय दायाँ हाते लेगस्पिनर एडम झाम्पा अष्ट्रेलियन टिमका विकेट टेकर हुन्। उनले चाहिएको बेलामा टिमका लागि विकेट निकाल्न सक्ने क्षमता राख्दछन्। त्यसैकारण विश्व क्रिकेटमा उनको छुट्टै दबदबा छ।
क्यामरोन ग्रिन
अष्ट्रेलियन टिमका लागि ब्याटिङ अलराउन्डर हुन् क्यामरोन ग्रिन। उनको नाममा हालसम्म नखेल्ने क्रिकेटरको सूचीमा ३०औँ स्थानमा रहेका छन्। उनी राम्रो ब्याटिङ कौशल र बलिङमा पनि दब्दबा राख्न सक्ने बलर हुन् त्यसैले पनि क्यामरोनको स्थान अलग्गै छ। उनले टी-२० अन्तर्राष्ट्रियमा २४ खेलमा २३ इनिङ खेल्दै ६१४ रन बनाएका छन् भने बलिङतर्फ २४ खेलमा १४ इनिङ्समा बलिङ गर्दै १३ विकेट लिएका छन्।
श्रीलंका
टेष्ट वरीयता : छैटौं
एकदिवसीय वरीयता : छैटौं
टी-२० अन्तर्राष्ट्रिय वरीयता : आठौं
प्लेर्यस टु वाच
पाथुम निसंन्का
श्रीलंकाका शिर्ष क्रमका ब्याटर हुन्, पाथुम निसंन्का। आक्रमक स्वभावमा ब्याटिङ गर्न मन पराउने उनले श्रीलंकाको लागि धेरै खेल जिताउने पारी खेलेका छन्। उनी शीर्ष क्रममा आएर टिमलाई राम्रो सुरुवात दिन सक्ने खेलाडी हुन्। त्यसका कारण पनि २०१४ को विश्वकप विजेता टिम श्रीलंकाका लागि उनी महत्वपूर्ण खेलाडी हुन सक्छन्।
कुसल मेन्डिस
कुसल मेन्डिस श्रीलंकन टिमका विकेटकिपर ब्याटर हुन्। श्रीलंकाका लागि २० वर्षको उमेरमा आफ्नो ब्याटिङ कौशलले टेष्टमा डेब्यु गरेका थिए। श्रीलंकामा उनको आक्रमक ब्याटिङको दिवाना धेरै छन्। उनको नाममा एकदिवसीय क्रिकेटमा सर्वाधिक स्ट्राइक रेटमा खेल्ने खेलाडीको रेकर्ड रहेको छ। उनको यो रेकर्ड १० औं स्थानमा छ।
कुसल पेरेरा
कुसल पेरेरा श्रीलंकाका अनुभवी विकेटकिपर ब्याटर हुन्। स्टम्प पछाडी बसेर टिमलाई निर्देशन र स्टम्प अगाडि रहेर टिमको आवश्यकता अनुसार ब्याटिङ गर्ने क्षमता राख्छन्। बायाँ हाते ब्याटर भएका कारण उनलाई टिमले रणनीतिक प्रयोग गरेर उनको अनुभवको प्रयोग लिन सक्छ।
वानिन्दु हसरंगा
वानिन्दु हसरंगा श्रीलंकाका अलराउन्डर खेलाडी हुन्। उनी निकै ह्यान्डि बलर र तल्लो मध्यक्रममा राम्रो ब्याटिङ कौशल प्रदर्शन गर्न सक्ने खेलाडी हुन्। उनले आफ्नो अनुभव र क्षमताका कारण यो विश्वकपमा प्लेअर टु वाच हुन्।
आयरल्यान्ड
टेष्ट वरीयता : १०औं
एकदिवसीय वरीयता : १२औं
टी-२० अन्तर्राष्ट्रिय वरीयता : ११ औं
प्लेयर्स टु वाच
पल स्टर्लिङ
पल स्टर्लिङ आयरल्यान्डका ब्याटिङ अलराउन्डर हुन्। ३५ वर्षीय पलले आफ्नो क्षमता र अनुभवले आयरल्यान्डलाई धेरै खेलहरुमा सफलता दिलाएका छन्। उनले टी-२० अन्तर्राष्ट्रियमा २४ अर्धशतक र १ शतक प्रहार गरेका छन्। विशेषि गरी उनको ब्याटिङमा टिम निर्भर रहन्छ तर उनको बलिङ क्षमता पनि टिमले आवश्यक परेको खण्डमा प्रयोग गर्न सक्नेछ। उनी दायाँ हाते अफब्रेक बलिङ गर्छन्।
ह्यारी टेक्टर
क्रिकेट ब्याकराउन्ड भएको परिवारमा जन्मिएका टेक्टर आयरल्यान्डका मध्यक्रमका ब्याटर हुन्। टी-२० फर्म्याटमा उनी टिमको लागि आवश्यक परेको खण्डमा ठूलो सट खेल्न सक्ने खेलाडी हुन्। यु-१९ बाट सिनियर टिममा आएका टेक्टर कोभिडपछि सिनियर टिममा आएका खेलाडी हुन्। उनले विश्वका केही नामुद फ्रेन्चाइज पनि खेलेको अनुभव राख्छन्।
जोस लिटल
जोस लिटल बायाँ हाते पेस बलर हुन्। उनले एकदिवसीय क्रिकेटबाट आयरल्यान्डको टिममा स्थान बनाएका हुन्। इङ्ल्यानडसँगको महत्वपूर्ण पारी खेलेपछि उनले टिममा आफ्नो पहिचान बनाएका हुन्। उनले २०१६ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन्। आयरल्यान्डका लागि टी-२० अन्तर्राष्ट्रियमा ७५ इनिङ्समा बलिङ गर्दै ८२ विकेट लिएका छन्। उनको पेस बलिङ अन्यभन्दा फरक बलिङ क्षमताका कारण उनले करिअरको सुरुवाती समयमा नै राम्रो प्रभाव जमाएका थिए। यसका कारण पनि उनी २०२६ टी-२० विश्वकपमा प्लेअर टु वाच हुन्।
जिम्बावे
टेष्ट वरीयता : ११औं
एकदिवसीय वरीयता : ११औं
टी-२० अन्तर्राष्ट्रिय वरीयता : १२औं
प्लेयर्स टु वाच
सिकन्दर राजा
जिम्बावेका स्टार ब्याटिङ अलराउन्डर सिकन्दर राजा यो विश्वकपमा जिम्बावेको लागि प्लेअर टु वाचमा पहिलो नम्बरमा रहनेछन्। ३९ वर्षीय राजा आफ्नो अनुभवले टिमलाई जित दिलाउन सक्ने खेलाडी हुन्। विशेषतः टी-२० अन्तर्राष्ट्रिय उनको मन पर्ने फर्म्याट हो। उनी ठूलो सट खेल्ने क्षमता र अनुभव दुवै राख्छन्।
ब्लेसिङ मुजरबानी
ब्लेसिङ मुजरबानी जिम्बावेका तिव्र गतिका बलर हुन्। आफ्नो भेरियसन र बलिङका कारण उनले टिममा स्थान बनाएका हुन्। उनको नाममा टी-२० अन्तर्राष्ट्रियमा मेडन ओभर बलिङ गराउने बलरको रेकर्ड रहेको छ। त्यसमा उनी छैटौं स्थानमा रहेका छन्। यसकारण पनि उनी टिमको लागि निकै महत्वपूर्ण रहनेछन्।
रिचार्ड गाभारा
रिचार्ड गाभारा जिम्बावेका बायाँ हाते मध्यम गतिका बलर हुन्। चाहिएको अवस्थामा टिमलाई विकेट दिलाउने यो क्षमता नै उनको सबैभन्दा प्रभावशाली क्षमता हो। उनको नाममा टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै मेडन ओभर राख्ने बलरमा पाँचौं स्थानमा रहेका छन्।
ब्रायन बेनित
ब्रायन बेनित जिम्बावेका युवा अलराउन्डर हुन्। उनले सन् २०२२ मा यु-१९ विश्वकप खेलेका थिए। यु-१९ मा गरेको प्रभावशाली ब्याटिङका कारण उनले सिनियर टिममा स्थान बनाएका हुन्। उनले सन् २०२३ मा सिनियर टिमको लाथि टी-२० मा डेब्यु गरेका थिए। उनले सिनियर अन्तर्राष्ट्रियमा ५२ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। जसमा उनले १ शतक र ९ अर्धशतक प्रहार गरेका छन्। यिनको क्षमताले यो विश्वकपमा धेरैको ध्यान सिखच्न सक्छ।
ओमान
एकदिवसीय वरीयता : १६औं
टी-२० अन्तर्राष्ट्रिय वरीयता : २०औं
प्लेयर्स टु वाच
जतिन्दर सिंह
भारतीय मूलका ओमानी ब्याटर हुन्, जतिन्दर सिंह। ओमानका लागि ब्याटिङमा वान मेन आर्मीजस्तै खेलाडी हुन्। दायाँ हाते ब्याटर जतिन्दरले हालसम्म ओमानको लागि ७२ खेलमा १ हजार ६०५ रन बनाएका छन्। भारतीय क्रिकेट कल्चरका खेलाडी भएका कारण उनको ब्याटिङ कौशल निकै राम्रो छ।
विनायक शुक्ला
विनायक शुक्ला ओमानका दायाँ हाते ब्याटर तथा विकेटकिपर हुन्। ३१ वर्षीय शुक्ला आक्रमक ब्याटिङका कारण चिनिन्छन्। उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दा उनको आक्रामक ब्याटिङ नै टिमको लागि सबैभन्दा बलियो पक्ष बन्न सक्छ।
मोहम्मद नदिम
पाकिस्तानी मूलका अलराउन्डर हुन्, मोहम्मद नदिम। ४३ वर्षीय नदिम टिमका लागि बलिङ र ब्याटिङ दुवैमा आवश्यकता अनुसार चल्न सक्ने क्षमता राख्छन्। जसका कारण उनको अनुभवको फाइदा टिमले विश्वकपमा लिन सक्छ।
सकिल अहमद
सकिल अहमद ओमानका बायाँ हाते अर्थोडक्स हुन्। ओमानका लागि बलिङमा महत्वपूर्ण खेलाडी हुन्। ३८ वर्षीय स्पिनर सकिल आफ्नो अनुभवले टिमको आवश्यकता अनुसार विकेट निकाल्न सक्ने क्षमता राख्छन्।
प्रतिक्रिया दिनुहोस !