स्रोत नखुलेको साढे १८ लाखसहित एक जना पक्राउ
काठमाडौं : स्रोत नखुलेको साढे १८ लाखसहित एक जना पक्राउ परेका छन्। प्रहरीले उदयपुर निवासी ४५ वर्षीय प्रबिन किसनलाई पक्राउ गरेको हो।
बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ एरियामा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट साढे १८ लाख भेटिएको प्रहरीले जनाएको छ। किसनलाई आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !