प्रधानमन्त्री-ओली भेटवार्तामा के भयो कुराकानी?

एकै चरणमा निर्वाचन गराउने सरकारको प्रतिबद्धता, प्रधानमन्त्री भन्छिन्- मौसम सुध्रिँदै जाला

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग खोजे सुरक्षाको ग्यारेन्टी

एकै चरणमा निर्वाचन गराउने सरकारको प्रतिबद्धता, प्रधानमन्त्री भन्छिन्- मौसम सुध्रिँदै जाला
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। आसन्न प्रतिनिधिसभा निर्वाचन दुई चरणमा हुनसक्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्तिपछि उनीहरूबीच भेट भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले प्रधानमन्त्री कार्कीसँग समय मागेका थिए। नवलपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन दुई चरणमा हुनसक्ने बताएपछि ओलीले समय मागेर भेट गरेका हुन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीलाई एकैपटक चुनाव गर्न आग्रह गरेका थिए। दुई चरणमा हुने चुनाव आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ थियो। उनले निर्धारित मितिमा चुनाव हुन नसक्ने अर्को मितिमा सार्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले दुई चरणमा चुनाव गर्ने सरकारको मनसाय नरहेको बताएकी थिइन्। उनले फागुन २१ गतेसम्म मौसम पनि सुध्रिने आशा व्यक्त गरेकी थिइन्। 'सरकारको मनसाय पनि दुई चरणमा चुनाव गर्ने होइन। तबसम्म (फागुन २१) मौसम पनि सुध्रिँदै जाला,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार रावलले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री कार्कीले भक्तपुरमा पनि बिहीबार पत्रकारहरूसँग एकै चरणमा चुनाव हुने बताएकी थिइन्। उनले आफूले आँटेका कामहरू सबै पूरा भइरहेकाले मौसमले पनि साथ दिने विश्वास व्यक्त गरेकी थिइन्। 'निश्चिन्त मान्नुस्। चुनाव एकैदिन हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन। तोकिएकै मितिमा चुनाव हुन्छ। मैले जे-जे गर्दै गइरहेको छु, सबै राम्रो हुँदै गएको छ। त्यस दिन पनि राम्रै होला,' उनले भनिन्।
त्यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग निर्वाचनमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका थिए।  उनले झापामा सधैं शान्तिपूर्ण चुनाव भइरहेकाले सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए।

'झापामा अहिलेसम्मका चुनावहरू शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। एउटै पनि मतपेटिकाहरू लुटिएका छैनन्। बुथ कब्जा पनि भएको छैन,' ओलीले भनेका थिए, 'एमाले ध्वांसत्मक पार्टी होइन। निर्वाचन चाहन्छ तर शान्तिपूर्ण रूपमा चाहन्छ। सरकारले शान्ति सुरक्षाको  ग्यारेन्टी दिनुपर्‍यो।' अध्यक्ष ओलीले आफू चुनाव प्रचारका लागि भोलि (शुक्रबार) झापा जान लागेको प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.