क्यान्सरविरुद्ध अन्नपूर्णको सचेतना साइकल र्याली (Live)
काठमाडौं : क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको ‘राइड फर लाइफ २०२६’ साइकल र्यालीको औपचारिक कार्यक्रम सुरु भएको छ। आज माघ २४ गते शनिबार बिहान क्यान्सरविरुद्ध सचेतना साइकल र्याली हुन लागेको हो।
यो र्यालीका लागि सहभागी हुन राइडरले नाम दर्ता गराएका छन् भने कर्पोरेट हाउसले र्यालीलाई भव्य बनाउन सहकार्य गरेका छन्।
बिहान ८ बजे सुरु हुने र्याली तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट गौशाला, चाबहिल, बसुन्धरा चोक, बालाजु चोक, सोह्रखुट्टे, जमल, भद्रकाली, त्रिपुरेश्वर, नर्भिक अस्पताल, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ। साइकल र्याली कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम रहेकी छन्।
हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्याली गर्दै आइरहेको छ। यो एघारौं संस्करण हो।
प्रतिक्रिया दिनुहोस !