नेपाल बहुसूचक सर्वेक्षण : सुदूरपश्चिममा बाल मृत्यु दर उच्च, बागमतीमा कम

नेपाल बहुसूचक सर्वेक्षण : सुदूरपश्चिममा बाल मृत्यु दर उच्च, बागमतीमा कम
सुन्नुहोस्

काठमाडौं : नेपालमा सबैभन्दा बढी नवजात शिशु मृत्यु दर सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको  नेपाल बहुसूचक सर्वेक्षणका अनुसार सुदूरपश्चिम प्रदेशमा एक हजारमा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। 

त्यस्तै सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार १० जना छन्। त्यस्तै शिशु मृत्युदर पनि सबैभन्दा धेरै सुदूरपश्चिमै रहेको छ। तथ्यांक कार्यालयका अनुसार प्रति सुदूरपश्चिममा ३८ जना शिशुको मृत्यु हुने गरेको छ। बागमती प्रदेशमा मा सबैभन्दा कम १७ जनाको मृत्यु हुने गरेको छ। 

त्यस्तै ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर पनि सबैभन्दा धेरै सुदूरपश्चिममै रहेको छ। सुदूरपश्चिममा प्रतिहजार ४८ जना बालबालिकाको मृत्यु हुँदा सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ। 

त्यस्तै एक वर्ष उमेर नपुग्दै मृत्यु हुने शिशुहरूको संख्या २७ रहेको छ। त्यस्तै ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रतिहजार ३१ जना र नवजात शिशुहरूको १ महिना उमेर नपुग्दै मृत्यु हुनेको संख्या १७ रहेको सर्वेक्षणमा उल्लेख छ। त्यस्तै नेपालको कूल प्रजनन् दर सन्दर्भमा १५ देखि ४९ वर्ष समूहका प्रति महिलाले १.९ जीवित बच्चा जन्माएको सर्वेक्षणमा उल्लेख छ। 

त्यस्तै ५ वर्षमुनिका बालबालिकाहरूमध्ये कम तौल भएका २४.३ प्रतिशत र कम उचाइ भएका ३१.५ प्रतिशत रहेका छन्। त्यस्तै उचाइअनुसार तौल नभएका बालबालिकाहरू ७.६ प्रतिशत छन्। उमेरअनुसार तौल नभएका सबैभन्दा बढी मधेस प्रदेशमा ३३.२ प्रतिशत रहेका छन् भने बागमती प्रदेशमा सबैभन्दा कम ९.६ प्रतिशत रहेका छन्।

त्यस्तै ३ जना आमाहरूले २ जनालेमात्रै आफ्नो बच्चालाई ६ महिनासम्म दूध खुवाउने गरेको पाइएको छ। जसमा सबैभन्दा बढी सुदूरपश्चिममा ७६.६ प्रतिशत र त्यसपछि मधेसमा ७२.३ र कर्णालीमा ७१.६ प्रतिशत रहेका छन्।

त्यस्तै १२-२३ महिनाका ८०.७ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमा सबै खोप पूर्ण मात्रामा लिएको पाइएको छ। त्यस्तै ३६-५९ महिनाका बालबालिकाहरूमध्ये ५७.९ प्रतिशतमात्रै प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको सर्वेक्षणमा देखिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.