सेनाको पृतनापति समन्वयात्मक बैठक सुरू

सेनाको पृतनापति समन्वयात्मक बैठक सुरू
सुन्नुहोस्

काठमाडौं : नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरू भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानमन्त्री तथा रक्षा मन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा बैठक सुरू भएको हो।

प्रधानमन्त्री कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी थिइन्। उनले विगतमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिइन्। 

नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराएका थिए। 

बैठकमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझाव प्रस्तुत गर्नाका साथै समसामयिक विषयमा छलफल गर्ने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ। बैठक बुधबारसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.