क्यानडाको स्कुलमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

क्यानडाको स्कुलमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं : क्यानडाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको ज्यान गएको छ ।  क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज शहरस्थित एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ । 

गोली लागेर २५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै खुलेको छैन । घटनापछि स्कुल बन्द गरिएको छ । स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ ।’

उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेका छन् । क्यानडाको सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म १७५ विद्यार्थी पढ्छन् । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) को उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले अवस्था गम्भीर रहेको बताए ।

उनले स्कुल प्रशासन, आपत्कालीन टोली र स्थानीय बासिन्दाले घटना व्यवस्थापनमा प्रहरीलाई सहयोग गरेको जानकारी दिए । प्रहरीका अनुसार, स्कुलमा गोली प्रहार भएको खबर स्थानीय समय मध्यराति १ः२० बजे प्राप्त भएको थियो । जानकारी पाएपछि  स्कुलमा घटनास्थल प्रवेश गर्दा धेरै मानिस घाइते र मृत अवस्थामा फेला परेका हुन् । आक्रमणकारी ठानिएका एक व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.