अख्तियार प्रमुखसहितलाई धम्क्याउने पाठकलाई काठमाडौं ल्याइयो

अख्तियार प्रमुखसहितलाई धम्क्याउने पाठकलाई काठमाडौं ल्याइयो
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याउने व्यक्तिलाई नेपाल ल्याइएको छ । फिलिपिन्समा बसेर इमेलमार्फत भीआईपीहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई आज प्रहरी टोलीले नेपाल ल्याएको हो ।

उनलाई विमानस्थलबाट भद्रकाली लगिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए । 
उनले भने, ‘उनलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रकाली ल्याइँदैछ ।’ ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ का चेयरमेन पाठक अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

नेपालमा चार वटा मुद्दा खेपिरहेका उनले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिएमा हत्या गर्ने भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएका थिए । मेलमा लेखिएको छ, ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ,त्यसमा तपाईंको नाम पनि छ ।

१० दिनभित्र राजीनामा दिनुहोला, यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नु हुन्छ ।’ उच्च पदस्थहरुलाई धम्क्याउने तीन जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ । उनलाई पनि केही समयअगावै पक्राउ गरिएकोमा अहिले नेपाल ल्याइएको हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.