ट्याक्टरको रोटाबेटरमा परेर दुई बालिकाको मृत्यु

ट्याक्टरको रोटाबेटरमा परेर दुई बालिकाको मृत्यु
सुन्नुहोस्

बर्दिबास : महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाबेटरमा परेर दुई जना बालिकाको ज्यान गएको छ । बिहीबार खेत जोत्ने क्रममा ट्याक्टरमा जडान गरिएको रोटाबेटरमा परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । घटनाको खबर पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ ।

मृत्यु हुनेमा मझौराका इमराइन राइनकी ७ वर्षीया छोरी फरहान खातुन र सिरहा नगरपालिका–१ माडरका अस्मतुला राइनकी ८ वर्षीया छोरी रफिया खातुन रहेको मेयर मण्डलले बताए । मेयर मण्डलका अनुसार चालकसँगै ट्याक्टरमा रहेका दुवै बालिका ब्रेक लगाउने क्रममा चिप्लिएर खस्दा रोटाबेटरतर्फ टाउको परेपछि गम्भीर दुर्घटना भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने अन्य विवरण आउन बाँकी रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.