बंगलादेश नेशनलिस्ट पार्टी अग्रस्थानमा, तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बलियो

बंगलादेश नेशनलिस्ट पार्टी अग्रस्थानमा, तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बलियो
सुन्नुहोस्

बंगलादेश : बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो। यस सँगै पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा एवं बीएनपी पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै भएको छ। दुई क्षेत्रमा चुनाव लडेका रहमानले दुवै सिट जितेका छन्।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। जमात प्रमुख शफिकुर रहमानले ढाका-१५ मा विजय हासिल गरेका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तिन सिट जितेका छन्। यो समाचार तयार गर्दा सम्म २०६ सिटको नतिजा घोषणा गरिएको छ, भने सबै मत परिणाम आउन बाँकी छ। 

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना २०२४ अगस्टमा भएको विद्यार्थी विद्रोहपछि भागेर भारत पलायन भएपछि  र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले बिहीबार संसदीय चुनाव गराएको हो । 

जुन निर्वाचनले बंगलादेशलाई नयाँ प्रधानमन्त्री दिलाउँदै छ। बिहीबार बंगलादेशका ३६ हजार मतदान केन्द्रमा जनताले नयाँ सरकार गठनका लागि  मतदान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.