जीवन घिमिरेले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र

जीवन घिमिरेले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र

विराटनगर : नेकपा (एमाले)का तर्फबाट मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जीवन घिमिरेले स्वास्थ्य, कृषि र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राख्दै ३३ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। 

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमाले केन्द्रीय सदस्य घिमिरेले शुक्रबार विराटनगरमा प्रतिबद्धतापत्र बाहिर ल्याएका हुन्। उनले कटहरी, ग्रामथान र बेलबारीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्ने, झोराहाटमा कोल्ड स्टोर निर्माण गर्ने तथा तमोर-चिसाङ डाइभर्सन परियोजना अघि बढाउने योजना अघि सारेका छन्।
 

स्वास्थ्यतर्फ बेलबारी, ग्रामथान र कटहरीमा सय–सय शय्याका अस्पताल स्थापना, कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन तथा स्वास्थ्य बिमा सुविधा पुनः एक लाख रुपैयाँ कायम गराउन पहल गर्ने उनको प्रतिबद्धता छ । पूर्वाधारतर्फ विराटनगर रिङरोडको बाँकी काम सम्पन्न गर्ने, कटहरीमा रेल-वे स्टेशन निर्माणका लागि पहल गर्ने, सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण र बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने योजना उनले सार्वजनिक गरेका छन्। 

त्यस्तै भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन प्रणाली र विराटनगरमा सूचना प्रविधि हब स्थापना गरी युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत उनले अघि सारेका छन्। घिमिरेले आफ्नो विगतको कार्यकालमा गरेका कामलाई पनि मतदातासामु प्रस्तुत गरेका छन् । कोशी प्रदेशमा सांसद तथा सामाजिक विकास मन्त्री रहँदा उनले नेपालकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना, विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन, डिजिटल विद्यालय विस्तार, कोभिड-१९ का बेला १५ दिनमै अत्याधुनिक अस्पताल निर्माण, प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना तथा सर्पदंश उपचार केन्द्र विस्तार जस्ता काम गरेको उल्लेख गरेका छन्। 

त्यस्तै महिला हिंसाविरुद्ध कानुनी संरचना निर्माण, एकल महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, सहिद रंगशालामा फ्लडलाइट जडान, ‘एक पालिका एक खेल मैदान’ कार्यक्रम सञ्चालनलगायतका योजनालाई उनले आफ्नो विगतका उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। प्रदेशमा सुरु गरेका कामलाई संघीय तहमा संस्थागत र दीर्घकालीन बनाउने लक्ष्य आफ्नो रहेको घिमिरेले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.