पैदल यात्रीमाथि हातपात गर्ने बम पक्राउ
काठमाडौं : पैदल यात्रीलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगन्जस्थित नारायणगोपाल चोकमा पैदल यात्रीलाई दुर्व्यवहार गर्ने ४२ वर्षीय पारस बमलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बुढानिलकण्ठ निवासी बम पक्राउ परेका हुन्। बा३च ११०३ नम्बरका कार चालक बमले एक पैदल यात्रीलाई हातपात गरेका थिए। उक्त हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
प्रतिक्रिया दिनुहोस !