बंगलादेशको अर्थतन्त्र सुधार्ने जिम्मेवारी ७६ वर्षीय चौधरीको काँधमा

रहमानले गरे ५० सदस्यीय मन्त्रिपरिषद्को घोषणा

बंगलादेशको अर्थतन्त्र सुधार्ने जिम्मेवारी ७६ वर्षीय चौधरीको काँधमा
सुन्नुहोस्

ढाका : बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो पहिलो मन्त्रिपरिषद्को घोषणा गरेका छन्। राष्ट्रिय चुनावमा भारी मतले विजय हासिल गरेपछि मंगलबार पद तथा गोपनीयताको शपथ लिएका रहमानले ५० सदस्यीय मन्त्रिपरिषद्को घोषणा गरेका हुन्। 

मंगलबार राति राजपत्रमार्फत जारी गरेको सुचनामा ७६ वर्षीय अमिर खसरु महमुद चौधरीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ।

पूर्व वाणिज्य मन्त्री तथा अनुभवी सांसद रहेका चौधरी व्यापारी पृष्ठभूमिका व्यक्ति हुन्। महिनौँको राजनीतिक अस्थिरता र आर्थिक दबाबपछि कमजोर बनेको बंगलादेशको अर्थतन्त्रलाई पुनःस्थापित गर्ने महत्वपूर्ण जिम्मेवारी अब चौधरीको काँधमा आएको छ। विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता राष्ट्रका रूपमा चिनिएको बंगलादेशमा लगानीकर्ताहरूको विश्वास घट्दै गएको पृष्ठभूमिमा उनको नियुक्तिलाई अर्थतन्त्र स्थिर पार्ने प्रयासका रूपमा हेरिएको छ।

चौधरी यसअघि पनि सरकारमा रहिसकेका छन्। उनले पूर्व प्रधानमन्त्री खालिदा जियाको मन्त्रिपरिषद्मा सेवा गरेका थिए। पछिल्ला वर्षहरूमा उनी राजनीतिक उतारचढावका बीच चर्चामा रहेका थिए। नयाँ सरकारले २०२४ को विद्रोहपछि बनेको अन्तरिम प्रशासनलाई प्रतिस्थापन गर्दै आर्थिक सुधार, राजस्व वृद्धि, मुद्रास्फीति नियन्त्रण र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्य अघि सारेको छ। अर्थमन्त्री चौधरीका आगामी नीतिहरूले देशको आर्थिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

सो विषयमा उनले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। शेख हसिनाको १५ वर्षे शासनकालमा उनलाई विभिन्न आरोपमा पटक–पटक पक्राउ गरिएको थियो र त्यस समयमा विपक्षी नेतामाथि राजनीतिक उद्देश्यले मुद्दा लगाइने गरेको आरोप लाग्दै आएको थियो।

प्रधानमन्त्री रहमानले रक्षा मन्त्रालय भने आफैँ सम्हालेका छन्। वर्षौंदेखि राजनीतिक प्रतिस्पर्धाले ध्रुविकृत समाजलाई एकताबद्ध गर्ने, सुरक्षा व्यवस्थामा सुधार ल्याउने र सीमापार चुनौती सामना गर्ने दायित्व उनीसामु छ। 

विदेश मन्त्रालयको जिम्मेवारी अनुभवी कूटनीतिज्ञ खलीलुर रहमानलाई दिइएको छ। संयुक्त राष्ट्रसङ्घका पूर्व अधिकारी रहेका उनले ढाका र संयुक्त राज्य अमेरिकाका विश्वविद्यालयबाट अध्ययन गरेका छन्। 

उनले कार्यवाहक सरकारको समयमा सुरक्षा विभाग सम्हालेका थिए र संयुक्त राज्य अमेरिकासँग व्यापार वार्तामा सहकार्य गरेका थिए। र वाशिंगटनसँग व्यापार छलफलमा भूमिका खेलेका थिए।

प्रधानमन्त्री रहमानले यस हप्ताको अन्त्यमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बोलाउने अपेक्षा गरिएको छ। उनको प्रशासनले देशको दबाबपूर्ण आर्थिक र भूराजनीतिक प्राथमिकताहरूलाई सम्बोधन गर्ने छ। 


 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.