कांग्रेसको भिजन - १० मा के छ ?

कांग्रेसको प्रतिज्ञा पत्र : पेटभरी खुवाउनेदेखि घरमै बसेर सहज सरकारी सेवासम्म (पूर्णपाठ)

कांग्रेसको प्रतिज्ञा पत्र : पेटभरी खुवाउनेदेखि घरमै बसेर सहज सरकारी सेवासम्म (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगन थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन् । 

प्रतिज्ञापत्रमा ‘आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ’ उल्लेख छ । कांग्रेसले ‘हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ’ लिपिबद्ध गरेको स्पष्ट पारेको छ । 

‘पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ शीर्षक दिएर प्रतिज्ञा पत्रमा लेखिएको छ, ‘हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिता समेत पाउने छन् ।’

 

प्रतिज्ञापत्रमा भनिएको छ, ‘युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्ने छन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ’ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।’  कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा गरेको छ ।

नेपाल आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ । भनिएको छ, ‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ ।’

स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुने वातावरण बनाउने उल्लेख छ । प्रतिज्ञापत्रमा भनिएको छ, ‘राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालु को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।’ कांग्रेसले ४ पृष्ठको १० बुँदे संक्षिप्त प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो । बिस्तृत प्रतिज्ञा पत्र भने काठमाडौँ आएर सार्वजनिक गर्ने उपसभापति विश्वप्रकाश शर्माले सम्बोधनका क्रममा जानकारी गराएका छन् । 

कांग्रेसको भिजन १०
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.