विद्युतको पोलमा बस ठोक्किँदा ९ जना घाइते

विद्युतको पोलमा बस ठोक्किँदा ९ जना घाइते

रौतहट : रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो।

दुर्घटनामा परेर गढिमाई ननगरपालिका १ निवासी ३२ वर्षीय रंजय यादव, बारा कलैया उपमहानगरपालिका १ भवरा टोलका ३० वर्षीय नुर महम्मद, यमुनामाई गाउँपालिका ३ मलहनियाका ४२ वर्षीय विनोद बैठा, गरुडा ननगरपालिका ४ का २६ वर्षीय निरज गुप्ता र मकवानपुर हेटौडा ४ की ४२ वर्षीया सुनिता केशरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटक प्रमुख राजेन्द्र थापाले जानकारी दिए । 

दुर्घटनामा भारत गमडियाका ४४ वर्षीय देव नारायण बैठा र सोही गाउँका २० वर्षीय सुभम कुमार बैठा, भारत शिवहरका ५५ वर्षीय ललन साह र भारत सितामढी जिल्लाका ६० वर्षीय लभिस सहनी पनि घाइते भएका छन्।  

दुर्घटनामा घाइते भएका सबैको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बसका चालक चन्द्रपुर नगरपालिका ८ का २४ वर्षीय रिजवान खानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.