जमात प्रमुखले भाषा आन्दोलनका शहीदलाई पहिलो पटक दिए श्रद्धाञ्जली

जमात प्रमुखले भाषा आन्दोलनका शहीदलाई पहिलो पटक दिए श्रद्धाञ्जली
सुन्नुहोस्

बंगलादेश : बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली दिएका छन्।

उनीसँगै बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन र प्रधानमन्त्री तारिक रहमान पनि श्रद्धाञ्जली दिन पुगेका थिए। श्रद्धाञ्जली २० र २१ फेब्रुअरीको रात १२ बजेपछि गरिएको थियो। २१ फेब्रुअरीलाई बंगलादेशमा भाषा आन्दोलनका शहीद स्मरण दिवसका रूपमा मनाइन्छ। 

सन् १९५२ मा ढाका विश्वविद्यालयमा विद्यार्थीहरूमा प्रहरीले गोली प्रहार गर्दा धेरैको मृत्यु भएको थियो। उनीहरू तत्कालीन पाकिस्तानमा बंगाली भाषालाई राज्यभाषा बनाउने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।

जमात प्रमुखकाे श्रद्धाञ्जलीलाई दशकीय पुरानो राजनीतिक परम्परामा ठूलो परिवर्तनको रूपमा हेरिएको छ। यसअघि परम्परागत रूपमा जमातले यसमा विरोध गर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.