वीरगन्जमा कर्फ्यु हट्यो, ६ बजेदेखि निषेधाज्ञा

वीरगन्जमा कर्फ्यु हट्यो, ६ बजेदेखि निषेधाज्ञा

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु हटाएको छ। सोमबार साढे ४ बजेदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार निषेधाज्ञा भने जारी रहनेछ।

प्रशासनले आज साँझ ६ बजेदेखि मंगलबार विहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने बताएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ।

वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकसम्म निषेधाज्ञा जारी रहने विज्ञप्तिमा उल्लेख छ

यसअघि जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु जारी गरिएको थियो। दुई समुदायबीच द्वन्द्व हुने अवस्था आएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। आजै बसेको सर्वपक्षीय बैठकले तीन बुँदे सहमति भएको थियो। 

बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेशराज सुबेदी, सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, राजनीतिक दलका अगुवा, हिन्दु र मुस्लिम समुदायका अगुवा, सद्भाव समितिका सदस्यलगायतकाको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.