सन्दिग्ध पाकिस्तानीलाई 'इन्ट्री रिफ्युज्ड'
काठमाडौं : अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्न खोज्ने एक सन्दिग्ध पाकिस्तानी नागरिकलाई 'इन्ट्री रिफ्युज्ड' गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले इशान फैजल नाम गरेको पाकिस्तानी नागरिकलाई नेपालमा आगमन अनुमति नदिई फिर्ता पठाएको हो। स्रोतका अनुसार उनीविरुद्ध इन्टरपोलले 'रेड कर्नर नोटिस' जारी गरेको थियो।
उनलाई नेपाल प्रवेशको अनुमति नदिएको तर बिरामी भएकाले उनलाई काठमाडौंको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनीमाथि हत्याको आरोप भएको स्रोतले बताएको छ। उनको स्वास्थ्यमा सुधार भएपछि फिर्ता पठाइने प्रहरी स्रोतको भनाइ छ।
थाइ एयरवेजको उडान नम्बर ३१९ बाट दुई दिनअघि उनी काठमाडौं आएका थिए। तर, उनलाई अध्यागमनले प्रवेश अनुमति नदिई फिर्ता गरेको स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस !