कप्तान साम्बाको उपचाका लागि कांग्रेसले दियो ५ लाख
काठमाडौं : नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारार्थ ५ लाख रुपैयाँ सहयोग गरेको छ। मंगलबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट ५ लाख रुपैयाँ एन्फाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरेको जानकारी गराएको हो।
कप्तान साम्बाले खुट्टाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगका लागि सोमबार सार्वजनिक अपिल गरेकी थिइन्। त्यसपछि नेपाली कांग्रेसले उनको सहयोगार्थ एन्फाको बैंक खातामा पाँच लाख जम्मा गरिदिएको कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनको घुँडाको एमसीएल र ग्राफ्टमा गम्भीर चोट लागेको छ।
प्रतिक्रिया दिनुहोस !