महिला क्रिकेटको ओरालो यात्रा

महिला क्रिकेटको ओरालो यात्रा
सुन्नुहोस्

काठमाडौं : २०औं एसियाली खेलकुद छनोटको तेस्रो स्थानको खेलमा चीनसँग पराजित

नेपालको महिला टोली २०औं एसियाली खेलकुदमा छनोट हुन असफल

महिला टोलीको हर्कतले क्यान लज्जित

यी पछिल्लो एक सातामा नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रदर्शनका बारेमा बनेका केही ‘हेडलाइन’ हुन्। जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुद र एसियाली क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा नेपाली महिला टोलीको खराब प्रदर्शनपछि नेपाली सञ्चार माध्यममा यी ‘हेडलाइन’ बनेका हुन्। 

मलेसियामा आयोजना भएको एसियाली खेलकुदको छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीको प्रदर्शन सोचे अनुरुप हुन सकेन। 
सेमिफाइनलमा घरेलु टोली मलेसियासँग पराजित भएपछि तेस्रो स्थानको खेलमा प्रतिस्पर्धा गरेको नेपाल चीनसँग डकवर्थ लेविस नियमका आधारमा तीन रनले पराजित भएपछि एसियाली खेलकुदमा छनोट हुन असफल भएको थियो। सन् २०१० र २०१४ मा दुई पटक एसियाली खेलकुदमा सहभागिता जनाएको नेपालको चीनसँगको हारसँगै तेस्रो पटक छनोट हुने अभियानमा धक्का लागेको थियो।

यसैगरी एसीसी महिला प्रिमियर कपअन्तर्गत बिहीबार भएको खेलमा नेपाली खेलाडीले भुटानका खेलाडीलाई ‘टाइम आउट’ गरेका थिए। तेस्रो नम्बरकी ब्याटर रिट्सी छोदेन निर्धारित समयभित्र क्रिजमा नआएपछि नेपाली खेलाडीले अम्पायरसँग ‘टाइम आउट’को अपील गरेका थिए। त्यो खेल भावनाविपरित भएको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले माफी माग्नु परेको थियो। क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै खेल भावना खेलको नियमभन्दा माथि हुने भन्दै माफी मागेका थिए।

शनिबार नेपाली महिला क्रिकेट टोलीलाई लिएर नेपाली सञ्चार माध्यममा माथिको जस्तै हेडलाइन बन्न पुग्यो। एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार बेहोरेपछि नेपाली महिला क्रिकेट टोली चर्चाको विषय बनेको हो। मलेसियाको मेन्टिनस्थित कोलेज तुआंकु जाफर क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले हङकङसँग ६९ रनको पराजय बेहोरेको थियो।

हङकङले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा समेटिएको थियो। नेपालकी सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाएकी थिइन भने रुबिना क्षत्रीले १० रन जोडेकी थिइन्। नेपालका अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका चार खेलाडी सून्य रनमै पेभेलियन फर्किएका थिए। 

नेपालका सम्झना खड्काले तीन, कप्तान इन्दु बर्माले ६, सीता रानामगरले एक, कविता कुँवरले चार र रिया शर्माले एक रन जोडेका थिए। यस्तै बिन्दु रावल, पूजा महतो, रवि पोद्दार र मनिषा उपाध्याय सून्य रनमा पेभेलियन फर्किएका थिए। हङकङका इकरा सहरले चार विकेट लिइन्। यस्तै क्यकारी चान र मार्यम बिबीले दुई÷दुई तथा मेइ ओइ सिउ र जोइलिन कौरले १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो। हङकङकी यासमिन दसवानीले अविजित ४२ रन बनाइन्। यस्तै मारिको हिलले २९, मारिना लाम्पलोले १८ र कारी चानले ११ रनको योगदान दिए। नेपालका रिया शर्मा र रुविना क्षत्रीले एक÷एक विकेट लिए। 

हङकङसँगको हारका बाबजुद नेपाल क्‍वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल समूह ‘डी’बाट उपविजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो। एसिया कपमा छनोट कम्तीमा सेमिफाइनलसम्म पुग्नु पर्छ। एसीसी महिला प्रिमियर कपमा १९ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.