नेपालले ओमानसँग टस हारेर फिल्डिङ गर्दै
काठमाडौं : एसियन गेम्स छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले ओमानसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ।
सिंगापुरमा जारी एसियन गेम्स छनोट अन्तर्गत नेपाल समूह एक विजेताको रुपमा सेमीफाइनल खेल्न लागेको हो भने ओमान समूह बी को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो।
नेपालले समूह चरणमा चीन र मलेसियालाई हराएको थियो। ओमानले भने समूह बीमा रहेर बहराइन र सिङ्गापुरलाई हराउँदा हङकङसँग पराजित बनेको थियो।
प्रतिक्रिया दिनुहोस !