फागुन १५ गते मालिकाले दियो सार्वजनिक बिदा
गल्मी : गुल्मीको मालिका गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसको दिन स्थानीय बिदा दिने भएको छ। मंगलबार गाउँपालिकाले सूचना जारी गर्दै ४४ औं राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको जनाएको छ।
फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत विवेक खनालद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण वडा कार्यालयहरु, शिक्षण संस्थाहरू, स्वास्थ्य संस्था लगायतका निकायमा स्थानीय बिदा दिइएको उल्लेख गरिएको छ।
मालिका गाउँपालिकाको नेटा, दर्लिङ र ह्वाङदी लगायतका वडामा मगरको बाहुल्यता छ। मगर दिवस जिल्लाभर विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाइन्छ। यहाँ पनि मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाउँछन्।
स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत् र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम हुने गर्छन्।
प्रतिक्रिया दिनुहोस !