टाटासुमो दुर्घटना, चालकसहित ६ घाइतेको काठमाडौंमा उपचार हुँदै

टाटासुमो दुर्घटना, चालकसहित ६ घाइतेको काठमाडौंमा उपचार हुँदै
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको  मध्यपहाडी सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । 

सदरमुकाम विदुरदेखि २८ किलोमिटर पूर्वमा रहेको उक्त सडकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा पुगेपछि अनियन्त्रित भई खेतमा पुगेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उक्त गाडी सडक मार्गबाट दुई मिटर तल पुगेर दुर्घटनाग्रस्त हुँदा गाडीका चालकसहित त्यसमा सवार ६ जना घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । स्थानीयवासी, प्रहरीले उद्धार गरि तत्काल उपचारको लागि स्थानीय स्वास्थ्यसंस्थामा पठाएकोमा प्राथमिक उपचारपश्चात थप उपचारको लागि ६ जनालाई नै काठमाडौको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगेर उपचार सुरु गरिएको डिएसपी लामाले वताए । 

दुर्घटनामा टाटासुमो चालक नुवाकोटको दुप्चेश्वर गापा १ का. २१ वर्षीय पृतम तामाङ,  नाम, ठेगाना नखुलेकी ४२ वर्षीया एक महिला,  ठेगाना  नखुलेको ५६ बर्षीय राल्पा तामाङ ठेगाना नखुलेको ६८ वर्षीय श्रीमान तामाङ, ललितपुर इमाडोल बस्ने ३५ वर्षीया गोरीमाया सुनार र नाम, ठेगाना नखुलेकी ६५ वर्षीया वृद्धा रहेको नुवाकोट प्रहरीले जनाएको छ  । प्रहरीका अनुसार एक महिलाको अवस्था गम्भीर रहेको छ । धेरैको शरीर, हात, खुट्टा,  करङ र ढाडमा चोट लागेको छ । दुर्घटनाग्रस्त गाडी गाडी घटनास्थलमै रहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.