मगर दिवसको अवसरमा विभिन्न पालिकामा सार्वजनिक बिदा

मगर दिवसको अवसरमा विभिन्न पालिकामा सार्वजनिक बिदा

काठमाडौं : प्युठानमा रहेका नौवटै पालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिएका छन्। स्थानीय बिदाबाट कट्टी हुने गरि बिदा दिइएको हो। शुक्रबार ४४ औं मगर दिवसको अवसर पारेर बिदा दिएको पालिकाहरुले जनाएका छन्।

बिदाको दिन पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघ संस्था, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवा बाहेक)बाट प्रदान गरिने सेवाहरू बन्द हुनेछन्।

त्यस्तै अर्घाखाँचीमा ४ वटा स्थानीय तहले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन्। फागुन १५ गते शुक्रबारको दिन ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका  र पाणिनी गाउँपालिकाले सुचना जारी गर्दै सार्वजनिक बिदा दिएका हुन्।

त्यस्तै सिन्धुलीको मरिण गाउँपालिकाले पनि मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको निर्णय अनुसार राष्ट्रिय मगर दिवसको अवसरमा  २०८२ फागुन १५ गते शुक्रबार गाउँपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको हो। 

प्युठानबाट विजयसिंह भारती, अर्घाखाँचीबाट प्रेमनारायण आचार्य र सिध्नुलीबाट राजन गाउँलेको रिपोर्ट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.