कालिका हाइड्रोको जीप दुर्घटना, चालकको मृत्यु
गोरखा : गोरखामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब १२ बजेतिर कालिका हाईड्रोपावरको सामान बोकेको बा २० च ८२१० नम्बरको बोलेरो जीप सडकको बीच भागमा पल्टिँदा जीपका चालक विदुर नगरपालिका–६ तलेखु निवासी ४१ बर्षका जैबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनको सोही जीपले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित कच्ची खडकमा सो दुर्घटना भएको हो । सो दुर्घटनास्थलतर्फ प्रहरी टोली पुगी घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस !