माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्नुहोस् : आइजीपी कार्की

माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्नुहोस् : आइजीपी कार्की
सुन्नुहोस्

गोरखा : नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीले प्रहरी अधिकारीहरूलाई माइलमा दौडिएर इन्चमा हार्ने काम नगर्न अनुरोध गरेका छन्। शुक्रबार निर्वाचन अनुगमनका क्रममा जिल्ला आइपुगेका उनले अनुशासित, निष्पक्ष र कर्तव्यनिष्ठा भएर काम गर्न प्रहरी अधिकारीहरूलाई आग्रह गरेका हुन्। 

‘टिकटक लगायतका सामाजिक सञ्जालमा संयमित हुनुहोला, निर्वाचन प्रहरीहरूलाई सकारात्मक ढङ्गले परिचालन गर्नुहोस्’, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै कार्कीले भनेका थिए। साथै, उनले निर्वाचन आचारसंहिता सहित प्रहरी आचारसंहिता पालना गर्न अनुरोध गरेका छन्। 

शुक्रबार जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सुरक्षाकर्मी, राजनीतिकर्मी, सञ्चारकर्मी एवं समग्र समाजले मौन अवधिको सम्मान गर्नुपर्ने बताए। साथै उनले सञ्चारकर्मीहरुलाई सही समाचार सम्प्रेषण गरी राष्ट्रिय अखण्डता तथा राष्ट्रिय सम्मानलाई कायम राख्न योगदान गर्न आग्रह गरेका छन्। 

‘हामी नै ढुंगा हानाहान गरे कुन अलौकिक शक्ति आएर रोकिदिन्छ त? तसर्थ सभ्य व्यवहार हामीले नै गर्नुपर्छ’, उनले भने, ‘अनर्गल प्रचार गरेर स्थिति विगार्नु विकार हो, विकारलाई खकारसरह फ्याक्नुपर्छ। आज पनि अनर्गल प्रचारका विभिन्न समाचार आइरहेका छन्। सञ्चारकर्मीहरू संयमित हुनुपर्छ।’ 

यो चुनावमा राष्ट्रले जित्नुपर्छ : गृहसचिव श्रेष्ठ
नेपाल सरकारका गृहसचिव राजकुमार श्रेष्ठले यो चुनावमा राष्ट्रले जित्नुपर्ने बताएका छन्। शुक्रबार आसन्न निर्वाचनको सुरक्षा व्यवस्थाबारे अनुगमनका क्रममा गोरखा आइपुगेका श्रेष्ठले शान्त, भयरहित र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न भएमा राष्ट्रको जित हुने तर्क गरे।

‘अहिले कोही व्यक्तिले जितोस्, कोही व्यक्तिलाई जिताऊ भनेर कार्यकर्ताहरू लागेका छन् । उम्मेदवार जित्नका लागि लालायित छन् । राजनीतिक पार्टी कसरी धेरै मत प्राप्त गर्ने भन्नेतर्फ तल्लीन छन् । त्यसलाई मैले अन्यथा लिइनँ। तर, अहिले सबैभन्दा ठुलोकुरा राष्ट्रले जित्न आवश्यक छ’, उनले भने, ‘राष्ट्र कसरी जित्छ भने यदि यो निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रुपमा, विवाद रहित हिसाबले सम्पन्न हुन्छ र राष्ट्रभित्र मात्र होइन अन्तर्राष्ट्रिय हिसाबमा यो निर्वाचन स्वतन्त्र हिसाबले सम्पन्न भएको म्यासेज दिनसकियो भने राष्ट्रले जित्छ ।’ राष्ट्रले जित्यो भने सबै नागरिकले जित्ने बताउँदै उनले राष्ट्रले जित्नका लागि सबैको पहल आवश्यक रहेको बताए।

निर्वाचन सफलता पूर्वक सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्न आफू गृहसचिवको जिम्मेवारीमा गएको भन्दै उनले आफ्नो सफलता, असफलता निर्वाचन प्रक्रियाले निर्धारण गर्ने बताए । ‘यो निर्वाचन सफल गराउन सकिन भने त्यसको जस्, अवजसको भागिदार म पनि हुन्छु। त्यसकारणले म सबैजनालाई प्रजातान्त्रिक ढङ्गले निर्वाचन सफल गराउन अनुरोध गर्न चाहन्छु’, उनले भने । गोरखामा निर्वाचन सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सम्बन्धी कुनै पनि टीकाटिप्पणी आउने वातावरण सिर्जना नगर्न उनले राजनीतिकर्मी, सरोकारवाला निकाय तथा नागरिक समाजलाई आग्रह गरेका छन् ।
उनीसँगै प्रहरी महानिरीक्षक दानबहादुर कार्की पनि अनुगमनमा थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.