पैसा बोकेको सैन्य विमान सडकमा बजारियो : १५ को मृत्यु, ३० जना घाइते

पैसा बोकेको सैन्य विमान सडकमा बजारियो : १५ को मृत्यु, ३० जना घाइते
सुन्नुहोस्

बोलिभिया : बोलिभियाको केन्द्रीय बैंकको नोट (पैसा) बोकेर उडेको वायु सेनाको एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । यस घटनामा परी अन्य ३० जना घाइते भएका छन् ।

शनिबार बिहान एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा वायु सेनाको ‘हर्कुलस’ विमान दुर्घटनाको शिकार भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । खराब मौसमका कारण अवतरण गर्ने बित्तिकै धावनमार्गबाट अनियन्त्रित भई चिप्लिएको उक्त विमान सिधै नजिकैको सडकमा पुगेर बज्रिएको थियो । सडकमा विमान बजारिँदा त्यहाँ गुडिरहेका करिब १५ वटा सवारीसाधनमा समेत नराम्ररी क्षति पुगेको छ ।

दुर्घटना यति शक्तिशाली थियो कि विमान चक्नाचुर हुँदै दुई टुक्रा भएको छ । दुर्घटनास्थलको दृश्य निकै दर्दनाक रहेको र सडकभरि शवसँगै विमानमा ढुवानी गरिँदै गरेका बैंकका नोटहरू छरपस्ट अवस्थामा देखिएका छन् ।

यस अकल्पनीय घटनापछि एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सेवा तत्कालका लागि बन्द गरिएको छ । सडकमा छरिएका नोटहरू र त्यहाँ जम्मा भएको भिडलाई नियन्त्रणमा लिन स्थानीय सुरक्षा अधिकारीहरूले पानीको फोहोराका साथै अश्रुग्यास समेत प्रयोग गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.