दुर्घटनामा फुटबल खेलाडी श्रेष्ठको निधन

दुर्घटनामा फुटबल खेलाडी श्रेष्ठको निधन
तस्बिर : अन्नपूर्ण

नुवाकोट : मोटरसाइकल दुर्घटनामा घाइते भएका फुटबल खेलाडी नबराज श्रेष्ठको निधन भएको छ। उपचारका क्रममा ३४ वर्षीय श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बट्टार–विदुर सडकखण्डमा  गत बिहीबार राति श्रेष्ठ आफैले चलाएको बा ७४ प ४३५८ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका थिए। त्रिशूली जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि न्युरो अस्पताल काठमाडौं रिफर गरिएको थियो। उपचारका क्रममा शनिबार राती श्रेष्ठको  निधन भएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । 

श्रेष्ठको निधनले खेल क्षेत्रले एउटा प्रतिभावान र मेहनती खेलाडी गुमाएको नुवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले  बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.