बालेनका बारेमा भ्रामक सूचना सम्प्रेषण गर्ने एक जना पक्राउ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का बारेमा भ्रामक सूचना सम्प्रेषण गर्ने एक जना पक्राउ परेका छन्। टिकटकमा 'झापामा बालेन शाहमाथि गोली प्रहार' लेखेर पोष्ट गर्ने २३ वर्षीय प्रकाश भट्ट पक्राउ परेको प्रहरीले जनाएको छ।
कञ्चनपुरको शुक्लाफाँटा निवासी भट्टलाई शुक्रबार काठमाडौंको डबली चोकबाट पक्राउ गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !