इरानमा भएको आक्रमणमा कम्तीमा ४० जना उच्च पदस्थ व्यक्तिको मृत्यु
काठमाडौं : अमेरिका-इजरायलले गरेको आक्रमणमा परी इरानका थुप्रै उच्च पदस्थ नेता तथा अधिकारीहरूको ज्यान गएको छ। सीबीएस न्युजलाई एक गुप्तचर तथा सैन्य स्रोतले दिएको जानकारीअनुसार कम्तीमा ४० जना इरानी अधिकारीको मृत्यु भएको छ।
आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई, रिभोल्युसनरी गार्ड्सका कमान्डर जनरल मोहम्मद पाकपोर, सुरक्षा सल्लाहकार अली शामखानी, रक्षा मन्त्री अजिज नासिरजादेह, इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहीम मौसवीलगायत उच्च पदस्थ नेता तथा अधिकारीहरुको मृत्यु भएको हो।
बीबीसी उर्दूका अनुसार इजरायली सेनाका प्रवक्ताले पनि 'हामीले खामेनेईसहित ४० जना ठूला कमान्डरलाई समाप्त गरेको' भन्ने दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !