इरान हमलापछि इजरायल र हिज्बुल्लाहबीच गोलाबारी, लेबनानका ५० बढी गाउँ खाली गर्न निर्देशन
इरान : मध्यपूर्वमा द्वन्द्व झन फैलिँदै गएको छ र अहिले यसले नयाँ मोर्चा खोलेको छ । लेबनानस्थित शिया मिलिसिया समूह हिज्बुल्लाहले इजरायलको सहर हाइफामा मिसाइल प्रहार गरेपछि तनाव तीव्र बनेको हो ।
इजरायलले त्यसको जवाफमा लेबनानमा व्यापक हवाई आक्रमण गरेको छ । बेरुतको दक्षिणी उपनगर–जहाँ हिजबुल्लाहको बलियो उपस्थिति छ र विमानस्थल नजिकका क्षेत्रहरूमा पनि आक्रमण गरिएको बताइएको छ ।
लेबनानका बासिन्दालाई खाली गर्न निर्देशन
इरानबाट इजरायलतर्फ मिसाइल प्रहार
बलले इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको पुष्टि गरेको छ । केही समयका लागि सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न ‘पूर्व सावधानी निर्देशन’ जारी गरिएको थियो ।
इजरायलको बेइत सेमेसमा आइतबार भएको इरानी मिसाइल प्रहारमा कम्तीमा नौ जनाको मृत्यु भयो र दर्जनौं घाइते भए । जेरुसेलम नजिक एक मिसाइल खस्दा कम्तीमा तीन जना घाइते भएका छन् ।
इजरायली चेतावनी
आइडीएफको उत्तरी कमाण्डका प्रमुख रफी मिलोले हिजबुल्लाहले ‘भारी मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् । उनले दक्षिणी लेबनानमा थप आक्रमण तीव्र बनाइने बताएका छन् ।
खाडी क्षेत्र र साइप्रसमा घटनाक्रम
रिपोर्टअनुसार दोहा, दुबई र बहराइनमा विष्फोटका आवाज सुनिएका छन् । यसैबीच, साइप्रसस्थित बेलायती सैन्य अड्डा RAF Akrotiri मा शंकास्पद ड्रोन आक्रमण भएपछि गैरआवश्यक कर्मचारीलाई अस्थायी रूपमा अन्यत्र सार्ने तयारी गरिएको छ ।
अमेरिका–इरान तनाव
संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त बमबारी अभियान जारी राखेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युमा शोक व्यक्त गरेका छन्, तर भविष्यमा थप क्षति हुन सक्ने संकेत दिएका छन् । उता, इरानका सुरक्षा प्रमुख अली लारिजानीले “संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने” बताएका छन् ।
कस्तो छ समग्र अवस्था ?
मध्यपूर्वका प्रायः सबै देशहरू कुनै न कुनै रूपमा यस द्वन्द्वमा तानिँदै गएका छन् । हिजबुल्लाह—जो इरानसँग वैचारिक, धार्मिक र आर्थिक रूपमा नजिक छ–यस बढ्दो क्षेत्रीय युद्धमा सक्रिय रूपमा संलग्न भइसकेको देखिन्छ । स्थिति अझ जटिल र अस्थिर बन्दै गइरहेको छ र आगामी दिनहरूमा द्वन्द्व थप फैलिन सक्ने संकेतहरू देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस !