मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, २ जना घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, २ जना घाइते

रुकुम पूर्व : रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार कमलदह चोकबाट कैँची मोडतर्फ जाँदै गरेको भे ८ प ६७९७ नम्बरको मोटरसाइकल दिउँसो दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय समीर गिरीको उपचारका क्रममा मृत्यु भएको हो। सूचना आए लगत्तै तत्काल उद्धार गरेर रुकुम पूर्व अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लाल बहादुर बिकले जानकारी दिए। 

बाइकमा पछाडि सवार १८ वर्षीय सुरेश गिरी र पैदल हिँडेकी त्रिवेणी गाउँपालिका-७ की १० वर्षीया बालिका अनिता डाँगी घाइते भएका छन्। उनीहरूको अहिले रुकुम पूर्व अस्पतालमै उपचार भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.