गंगाजमुना–फूलखर्कमा सेनाको हवाई गस्ती
धादिङ : आसन्न निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन धादिङको गंगाजमुना–फूलखर्क क्षेत्रमा नेपाली सेनाले हेलिकोप्टरमार्फत हवाई गस्ती गरेको छ ।
सुरक्षा संवेदनशील मानिएको उक्त क्षेत्रमा सम्भावित जोखिम नियन्त्रण गर्न तथा मतदातामा विश्वासको वातावरण सिर्जना गर्न गस्ती तीव्र पारिएको सुरक्षा स्रोतले जनाएको छ । हवाई निगरानीसँगै स्थलगत सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ ।
स्थानीय प्रशासनका अनुसार निर्वाचन अवधिभर संवेदनशील र अति–संवेदनशील केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त परिचालन रहनेछ । आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्ने तयारीसमेत गरिएको जनाइएको छ ।
प्रशासनले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी दिन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस !