निर्वाचन लक्षित आपतकालीन सेवाका लागि प्यूठान अस्पतालमा कार्यदल गठन
प्यूठान : आपतकालीन स्वास्थ्य चुनौतीको प्रतिकार्यका लागि जिल्ला अस्पतालले कार्यदल गठन गरेको छ । बिहीबार (फागुन २१ गते) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानलाई लक्षित गरी कार्यदल गठन गरिएको हो ।
आपतकालीन स्वास्थ्य चुनौतिहरुलाई मध्यनजर गर्दै आवश्यक योजना निर्माण, तयारी समन्वय तथा प्रतिकार्यका लागि कार्यदल गठन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलको संयोजकत्वमा ¥यापिड एक्सन टाक्स फोर्स गठन गरिएको छ ।
नवीन थापा सदस्य सचिव रहेको कार्यदलमा डा. समीर पराजुली, राधादेवी केसी, केशब पण्डित, अनोज श्रेष्ठ र गिरिराज भण्डारी सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
३