मतदानपछि शेखरको प्रतिक्रिया : देश अप्ठेरोमा छ, सबै मिलेर बचाउनु पर्छ

मतदानपछि शेखरको प्रतिक्रिया : देश अप्ठेरोमा छ, सबै मिलेर बचाउनु पर्छ
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश निकै अप्ठेरो परिस्थितिमा रहेको बताएका छन् । ‘देश अप्ठेरो परिस्थितिमा छ । सबै मिलेर बचाउनु पर्छ,’ उनले भने । 

उनी मोरङको निर्वाचन क्षेत्र नम्मर–६ का उम्मेदवार समेत हुन् । कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श विद्यालय मतदान केन्द्रमा बिहान ८ः३० बजेतिर मतदान गरेका छन् । 

मतदान गरिसकेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले देशलाई संकटबाट निकास दिन राजनीति गर्ने दल र संसदमा जाने सबै मिलेर काम गर्नुपर्ने बताए । ‘देश अप्ठेरो अवस्थामा छ । राजनीतिक, सामाजिक, आर्थिक स्थिरता छैन । हामी सबै मिलेर देशलाई बचाउनु पर्छ,’ उनले भने । 

सबैलाई मिलाएर संविधान संशोधन गर्नुपर्ने उनको धारणा छ । ‘कांग्रेस मध्यमार्गी पार्टी हो । कांग्रेसकै नेतृत्वमा संविधान सुधार्नु पर्छ । देशलाई निकास दिने पहलको नेतृत्व कांग्रेसले नै गर्छ । अरुले पहल गर्ने कुरै छैन । सबैलाई मिलाएर संविधानमा कति सुधार गर्न सकिन्छ। हामी गर्छौं,’ डा. कोइरालाले भने । यसो हेर्दा निर्वाचनबाट कांग्रेस नै ठूलो पार्टी बन्ने देखेको उनको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.