उत्तरी धादिङको रुवीभ्याली–३ सेर्तुङमा सुरक्षित रूपमा मतदान जारी
धादिङ : प्रतिनिधि सभा सदस्य निर्वाचन - २०८२ अन्तर्गत उत्तरी धादिङको दुर्गम क्षेत्र रुवीभ्याली गाउँपालिका–३ सेर्तुङमा शान्तिपूर्ण र सुरक्षित रूपमा मतदान भइरहेको छ।
स्थानीय प्रशासनका अनुसार बिहानदेखि नै मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेका छन्। दुर्गम हिमाली क्षेत्र भए पनि सुरक्षाकर्मीको पर्याप्त परिचालन र आवश्यक व्यवस्थापनका कारण मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको जनाइएको छ।
मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। स्थानीय बासिन्दा, युवा तथा ज्येष्ठ नागरिकसमेत लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
देशभर आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ, जसमा करिब १ करोड ८९ लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !