बाग्मतीका प्रदेश प्रमुख देवकोटाले गृहनगर धनगढीमा गरे मतदान
धनगढी : बाग्मति प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान आफ्नै गृहनगर धनगढीमा मतदान गरेका छन।
धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय उत्तरबेहडीमा रहेको मतदान केन्द्रमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन।
दीपकप्रसाद देवकोटा बिहान ७ बजे मतदान केन्द्रमा पुगेर मतदान गर्ने पहिलो मतदाता थिए । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा नागरिकको मताधिकार अत्यन्त महत्वपूर्ण भएको बताउँदै सबै मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरे।
उक्त मतदान केन्द्र कैलाली जिल्ला को निर्वाचन क्षेत्र नम्बर-५ अन्तर्गत पर्छ। यस केन्द्रमा कुल ५ हजार २ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
कैलाली–५ मा प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि देशभरका विभिन्न मतदान केन्द्रमा मतदान सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !